काठमाडौं । नेपाल बैंकर्स संघले विहीबारका लागि पूर्ण बैठक बोलाएको छ । सबै बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर ‘अव कसरी अघि बढ्ने’ भन्ने बारे निर्णय गर्ने एक बैंकरले बताए ।
तत्कालिन सेञ्चुरी कमर्शियल बैंकका कर्मचारी पक्राउ र म्याद थपको विषयलाई लिएर बैंकर्स संघले आफ्ना सबै सदस्यसँग छलफल गर्न खोजेको हो । बुधबार विहान बसेको संघको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो ।
मंगलबारमात्रै उनीहरुलाई पुनः ७ दिनको म्याद थपिएपछि बैंकरहरु ‘चुप लागेर नबस्ने’ नीतिमा पुगेका छन् । यसरी बसिरहँदा परिस्थिति झनै विग्रन लागेको देखिएपछि चिन्ता जाहेर गर्ने र बैंकरहरुलाई छुटाउने प्रयत्न गर्ने सहमति भएको बताइएको छ ।
बुधवार वा विहीबारसम्म मन्त्रीपरिषद विस्तार हुनसक्ने संभावना रहेकाले पनि फेरिएको राजनीतिक परिस्थितिमा अघि बढ्ने रणनीति तर्जुमा गर्न बैंकरहरुले थप छलफल आवस्यक भएको निष्कर्ष निकालेका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !