काठमाडौं। मोबाइल सेवाप्रदायक कम्पनी एनसेलको सेयर खरिद–बिक्रीमा अस्वाभाविक चासो देखाएको आरोप खेपिरहेका प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्डले एनसेलको सेयर खरिद–बिक्रीमा कानुनविपरीतका गतिविधि भएको औंल्याएका छन्।
मंगलबार प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा बोलाइएका प्रधानमन्त्री प्रचण्डले एनसेलको सेयर खरिद–बिक्री कानुनविपरीत भएको देखिएपछि छानबिन समिति गठन गरिएको दाबी गरे। छानबिन समितिले दिने निष्कर्षका आधारमा यसमा संलग्न जोसुकैलाई सरकारले कारबाही गर्ने बताए।
उनले भने, ‘छानबिन प्रतिवेदन प्राप्त भएपछि सरकारले नियमन, विदेशी लगानी र विदेशी मुद्रा सटही तथा करको विषयमा आवश्यक कारबाही अगाडि बढाउँछ।‘
एनसेलको ८० प्रतिशत सेयर न्यून मूल्यांकन भएको र कर छलीको विषय समाचार माध्यममा बाहिरिएपछि सरकार छानबिनमा लागेको उनको दाबी थियो।
बैठकमा सहभागी सञ्चारमन्त्री रेखा शर्माले एनसेल खरिद–बिक्रीबारे पछिल्लो समय कुनै पनि प्रक्रिया अगाडि नबढाएको जानकारी दिइन्।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !