काठमाडौं । कृषि विकास बैंकले लाभांश डाकेको छ । कम्पनीले आफ्नो १७औं वार्षिक साधारण सभा आगामी फागुन ३० गते बोलाएको हो ।
कम्पनीले यो वर्ष सेयरधनीलाई कुनै पनि लाभांश दिने प्रस्ताव गरेको छैन । लाभांश बिना नै बैंकले सभा बोलाएको हो । सभामा बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा गत आर्थिक वर्ष २०७९र८० को वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतमा पनि छलफल गरि पारित गर्नेछ ।यस्तै, इक्विटीमा भएको परिवर्तन, नगद प्रवाहलगायतका वित्तीय विवरण छलफल गरी पारित गर्ने सभाको एजेन्डा छ । यसका साथै सभाले बैंकको सहायक कम्पनीहरु कोष व्यवस्थापन कम्पनी तथा गोबर ग्यास कम्पनीको गत आवको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
सभा प्रयोजनका लागि बैंकले फागुन १७ गते शनिबारदेखि फागुन ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !