रौतहट । गौर राइस मिलको जमिन बिक्री हुन लागेको भन्दै शुक्रबार बिहान गौरमा बिरोध गरिएको छ ।गौर राइस मिल बचाउ अभियानले गौर बिपि चोकमा टायर बालेर प्रदर्शन गरेको हो ।नगरपालिकाका नगर प्रमुख विरुद्धमा चर्को नाराबाजी सहित टायर बालेर प्रदर्शन गरेको छ । विगत केही दिनदेखि आन्दोलन गरिरहेका स्थानीयहरूले शुक्रबार पनि निरन्तरता दिएका हुन् ।
गौर राइस मिलको जमिन नगरपालिकाको नाममा पास गर्ने तथा मिलको जग्गामा रहेको सार्वजनिक सडक तथा धर्मशाला बाहेकको जग्गा फुकुवा गर्ने पालिकाको बोर्डबाट निर्णय भएको थियो । सोही निर्णयको विरुद्धमा गौर राइस मिल बचाउ अभियान आन्दोलित भएको हो ।
अभियानका नेता बजरंगी गुप्ताका अनुसार गौर नगरपालिका नगर प्रमुख शम्भु साहलाई उक्त निर्णयलाई सच्याउन आग्रह सहित ज्ञापन पत्र समेत बुझाइसकेको उल्लेख गरेका छन् ।
गौर नगरपालिकका नगर प्रमुख साहले २ विगहा १५ कट्ठा जग्गा निशुल्क पालिकालाई दिने सर्तमा यस्तो निर्णय गरेको बताए ।
गौर राइस मिल्सको जग्गा अधिग्रहण गर्न रकम अपुग हुने भएकाले सो निर्णय गरेको उनको भनाइ छ । यस विषयमा मुख्यमन्त्री सतिश कुमार सिंहले समेत ध्यानाकर्षण भएको जनाएका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !