सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिकामा १८ वर्षीय युवकको हत्या र छोरीलाई बलात्कार गरेको आरोपमा बुबा पक्राउ परेका छन् ।
सुर्खेतको पञ्चपुरी नगरपालिका–६, कुवापानीका १८ वर्षीय युवक भरत बुढाको हत्या गर्ने उनकै बाबु ४५ वर्षीय नयाँराम बुढालाई कैलालीको टिकापुर नगरपालिका–१, लम्किपुरबाट प्रहरीले पक्राउ गरेको हो । उनले छोरीलाई बलात्कार र घटना लुकाउन छोराको हत्या गरेको खुलेको छ ।
बहिनीलाई बलात्कार गरेको आरोपमा दाइले बुबाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कात्तिक १५ गते जबरजस्ती करणीको जाहेरी दर्ता गराएका थिए । बुबा नैनाराम बूढाले घटना लुकाउन माघ २ गते १८ वर्षीय छोराको बन्चरो प्रहार गरी हत्या गरेको पीडित छोरीले आरोप लगाएकी थिइन् सोही आधारमा बुबा बूढालाई प्रहरीले पक्राउ गरेको हो । मोबाइल लोकेसनका आधारमा टिकापुर लुकेर रहेका नयाँराम बुढालाई प्रहरीको टोलीले पक्राउ गरेर हाल टिकापुर प्रहरी कार्यालयमा राखेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !