अर्थमन्त्री वाग्ले भन्छन्ः दुईचार जना व्यापारी र राजनीति गर्ने व्यक्तिले सिंगो देशलाई बन्धक बनाएका रहेछन, त्यसलाई चिर्छौ

२०८३ वैशाख ०३ गते

अर्थमन्त्री वाग्ले भन्छन्ः दुईचार जना व्यापारी र राजनीति गर्ने व्यक्तिले सिंगो देशलाई बन्धक बनाएका रहेछन, त्यसलाई चिर्छौ

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दुइचार जना व्यापारी र राजनीतिक दलले सिंगो देशलाई बन्धक बनाएर राखेको बताएका छन् ।

अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा उनले राजनीतिक स्वार्थ समूहहरुबीचको गठजोडले सिंगो देश नै बन्धक बनेको उल्लेख गरे ।  उनले भने, 'दुइचार जना व्यापारी र राजनीति गर्ने व्यक्तिले सिंगो देशलाई बन्धक राख्ने काम गरेका रहेछन् ।  युवा पुस्ताको आशालाई बन्धक गराउने कामलाई चिर्न खोजेका छौं त्यसैले सरकारले एक्सन लिइरहेको छ । तर सबैलाई समान नियम लागू होस भन्ने चाहन हो । ' 

Advertisement:

Ad
Ad


साथै उनले बजेट भन्दा बाहिरका स्रोत परिचालन गरेर अघि बढ्नुपर्ने अवस्था पनि रहेको उल्लेख गेका छन् । प्रतिकुल समयमा पनि पहिलेको भन्दा नघट्ने गरी स्थानीय तह  प्रदेशतहलाई अनुदान दिइने पनि उनले प्रष्ट्याए ।