विद्युतीय सवारी साधनको बढ्दो लोकप्रियता, पाँच महिनामै भित्रियो ३६ सय ८६ युनिट

२०८० पुस ०८ गते

विद्युतीय सवारी साधनको बढ्दो लोकप्रियता, पाँच महिनामै भित्रियो ३६ सय ८६ युनिट

काठमाडौँ । पछिल्लो समय नेपालीहरु माझ विद्युतीय सवारी साधनको निकैनै लोकप्रियता छाएको छ । जसकारण विगत पाँच महिना यता मात्रै ३६ सय ८६ वटा विद्युतीय सवारी साधनहरु आयात भएको देखिन्छ ।

Advertisement:

Ad
Ad

चालु आर्थिक वर्षको ५ महिनामा मात्रै ९ अर्ब बराबरका ३ हजार ६ सय ८६ युनिट विद्युतीय गाडी आयात भएको हालै भन्सार विभागले जारी गरेको तथ्यांकले देखाउँछ । जस मध्य मंसिर महिनामा मात्रै ८ सय ९९ युनिट इभि गाडी नेपाल भित्रिएका छन । विभागको आंकडा अनुसार सबै भन्दा बढी चीनबाट मात्रै २ हजार २ सय ९७ युनिट इभी आयात भएका छन् भने भारत बाट १ हजार ३ सय ३८ युनिट इभी नेपाल भित्रिएका छन् ।

चीनबाट धेरै भित्रिने गाडीमा बीवाइडी, नेटा भी र केवाइसी भ्यान छन् भने भारतबाट टाटा र सिट्रोन इभी आयात भएका छन् । यस्तै कोरियाबाट २८ युनिट, जर्मनीबाट ३, अमेरिकाबाट ३ र इन्डोनेसियाबाट १७ युनिट इभी आयात भएका छन्।

नेपाल भन्सार विभागका अनुसार सो समयमा सबै भन्दा बढी ५१ किलोवाटदेखि १०० किलोवाट मोटर क्षमताका २ हजार २८ युनिट गाडी धरै आयात भएका छन् । त्यस्तै ५० किलोवाटसम्म क्षमताका मोटर पावर भएका १५ सय ९५ युनिट र १०० किलोवाट माथिका ६३ युनिट मात्र आयात भएका छन् ।