विद्युत विक्रीबाट करिब २ करोड आम्दानी गरेको घलेम्दी हाइड्रो २ करोडभन्दा बढी नोक्सानीमा

२०८१ वैशाख २३ गते

विद्युत विक्रीबाट करिब २ करोड आम्दानी गरेको घलेम्दी हाइड्रो २ करोडभन्दा बढी नोक्सानीमा

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म घलेम्दी हाइड्रो लिमिटेड २ करोड १८ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्षको यस अवधिसम्म १ करोड ५५ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीको यस वर्ष नोक्सानी बढेको हो । यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी कम भएकाले खुद नोक्सानी बढेको हो ।

गत वर्ष २ करोड २४ लाख रूपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष १ करोड ८३ लाख रूपैयाँभन्दा बढी यो आम्दानी गरेको हो । वित्तीय खर्च भने यस वर्ष घटेको छ । गत वर्ष २ करोड ८७ लाख रूपैयाँभन्दा बढी रहेको वित्तीय खर्च यस वर्ष २ करोड २३ लाख रूपैयाँभन्दा बढी मात्र रहेको हो । हाल यस कम्पनीको चुक्तापूँजी १ अर्ब ६५ करोड रूपैयाँ छ । जगेडा कोष रकम भने २० करोड ४४ लाख रूपैयाँभन्दा बढी ऋणात्मक छ । शेयर प्रिमियमा भने यस वर्ष कम्पनीले १८ करोड १५ लाख रूपैयाँभन्दा बढी रकम छुट्याएको छ ।

Advertisement:

Ad
Ad

दिर्घकालिन कर्जा ७१ करोड ५१ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालिन कर्जा भने १ करोड ८० लाख रूपैयाँभन्दा बढी रहेको छ । प्रतिशेयर १ रूपैयाँ ३३ पैसा नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ९८ रूपैयाँ ६१ पैसा छ ।