२०८३ असार ०१ गते
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ५ वटा व्यावसायिक फर्मलाई कारबाही गरेको छ । बजार अनुगमनका क्रममा विभिन्न कैफियत फेला परेपछि विभागले ५ वटा व्यावसायिक फर्मलाई ७ लाख १६ हजार रुपैयाँ जरिवाना गरेको हो ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को उल्लंघन गर्दै म्याद नाघेका वस्तु बिक्री गरेको, मूल्यसूची तथा लेबल नराखेको र खरिद बिल व्यवस्थित रूपमा नराखेको पाइएपछि विभागले अनुगमनस्थलमै नगद जरिवाना असुल गरेको हो।
कागेश्वरी मनोहरास्थित आरआरआर इन्टरनेसनल ट्रेडिङ प्रालि, शंखरापुरमा रहेको सलम्बु फुड एन्ड बेभरेज प्रालि, श्री कृष्ण बेभरेज,सातदोबाटोमा सञ्चालित एप्पल इन्टरप्राइजेज प्रालि र शिवम् स्टोर कारबाहीमा परेका हुन् ।
प्रतिक्रिया