२०८२ फागुन २१ गते
उदयपूर । उदयपुरमा प्रहरीले नै बोकेको हतियार पड्किएको छ । निर्वाचन सुरक्षाका लागि खटिएका प्रहरीले बोकेको हतियारबाट गोली पड्किँदा मतपेटिकामा क्षति भएको छ ।
नेपाल प्रहरीले बोकेको सटगनबाट गोली पड्किएको थियो । तर अन्य कुनै क्षति नभएको प्रहरीले जनाएको छ । कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूल केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा बिहान गोली पड्किएको हो ।
प्रतिक्रिया