२०८२ मंसिर १४ गते
काठमाडौं। अपर अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनामा १२ अर्ब ९५ करोड रुपैयाँ बराबरको सेयर गैह्र आवासीय नेपाली (एनआरएन) तथा वैदेशिक रोजगारमा रहेका नेपालीलाई निश्कासन गर्ने प्रस्ताव गरिएको छ । आयोजनाको लागत निर्माण अवधिको व्याजबाहेक एक अर्ब ५१ करोड २७लाख अमेरिकी डलर हुने अनुमान गरी आयोजनाको वित्तीय विश्लेषण र वित्तीय ढाँचा तयार गरिएको छ ।
लागतलाई हाल प्रचलित विनिमय दर प्रति अमेरिकी डलर १४१ रुपैयाँका दरले रुपान्तरण गर्दा निर्माण अवधिको व्याजबाहेक कुललागत २ खर्ब १३ अर्ब २९ करोड रुपैयाँ रहेकोछ । १ हजार ६३ मेगावाट क्षमताको यो परियोजना नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको छ । आयोजनाको निर्माण अवधिको व्याजसहित २ खर्ब ३९ अर्ब ७९ करोड रुपैयाँ रहेको छ । जसमा स्वःपूँजी (इक्विटी) ३० प्रतिशत अर्थात ७१ अर्ब ९४ करोड रहने छ । कूल लागतको ७० प्रतिशतअर्थात १ खर्ब ६७ अर्ब ८५ करोड रुपैयाँ रहने गरी वित्तीय व्यवस्थापनको प्रस्ताव गरिएको छ ।
आयोजनाको निर्माण अवधि ७वर्ष रहने र त्यस अवधिको वार्षिक व्याजदर ७प्रतिशत रहने अनुमान गरिएको छ । वित्तीय व्यवस्थापन प्रस्तावलाई आयोजनाको प्रवर्धक अपर अरुणहाइड्रो—इलेक्ट्रिक लिमिटेडले पारित गरी नेपाल विद्युत प्राधिकरणमा पेश गरेको थियो । ऊर्जामन्त्री कुलमान घिसिङको अध्यक्षमा बिहीबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले कम्पनीको उक्त प्रस्तावलाई अनुमोदन गरी आवश्यक निर्णयकालागि सरकार समक्ष पेश गर्ने निर्णय गरेको हो । मन्त्री घिसिङले आयोजनामा एनआरएन, विदेशमा रोजगारीमा रहेका नेपाली, आयोजनाप्रभावित, देशभरका सर्वसाधारण लगायतले लगानी गर्न पाउने गरी स्वदेशी लगानीमा अपर अरुणको वित्तीय व्यवस्थापन गर्न लागिएको बताए। उनले वित्तीय व्यवस्थापनजतिसक्दो छिटो सम्पन्न गरी आयोजनालाई निर्माणमा लैजाने गरी कामभइरहेको उल्लेख गरे ।
आयोजनामा लगानी हुने इक्विटीको ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सेयर साधारण शेयर निश्कासन गरी रकम सङ्कलनको प्रस्ताव गरिएको छ । संस्थापनबाट ३६ अर्ब ६९ करोड र साधारण शेयर निश्कासनबाट ३५ करोड २५ लाख रुपैयाँ लगानी हुनेछ । ४९ प्रतिशत साधारण सेयरमध्ये १८ प्रतिशत एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याइएको छ । त्यस्तै ७ अर्ब १९ करोड (१० प्रतिशत) आयोजनाप्रभावित क्षेत्र तथा सङ्खुवासभा जिल्लाबासीलाई, १२ अर्ब ९५ करोड (१८ प्रतिशत) रुपैयाँ देशभरका सर्वसाधारणलाई, १ अर्ब ४४ करोड (२ प्रतिशत) पिछडिएको क्षेत्र र ७१ करोड ९४ लाखप्रवर्धक निकायका कर्मचारीलाई छुट्याइएको छ ।
आयोजनाको प्रवर्धक कम्पनीमा प्राधिकरणको ४१ प्रतिशत संस्थापक शेयर अर्थात २९ अर्ब ४९ करोड रुपैयाँको लगानी रहनेछ । १ अर्ब ४४ करोड÷१ अर्ब ४४ करोड (२÷२ प्रतिशत) प्राधिकरणका सहायक कम्पनी, कर्मचारी सञ्चय कोष एवम् बीमा तथा पुनर्बीमा कम्पनीको, ७१ करोड ९३ लाखलाख÷७१ करोड ९३ लाखलाख (१ प्रतिशत) नागरिक लगानी कोष, एचआइडिसिएल, प्रदेश एवम् स्थानीय सरकारको र ३५ करोड ९७लाख÷३५ करोड ९७लाख रुपैयाँ (०.५÷०.५ प्रतिशत) नेपाल टेलिकम तथा सामाजिक सुरक्षाको कोषको संस्थापक लगानी रहनेछ ।
आयोजनाको निर्माणका प्राधिकरणको सहायक कम्पनी अपर अरुणहाइड्रो—इलेक्ट्रिकलिमिटेडल स्थापना भइसकेको छ । आयोजनाको निर्माणपूर्व चरणमा हालसम्म भएको सम्पूर्ण लगानी प्रवन्ध प्राधिकरणबाटै भइरहेको छ । आयोजना जनताको जलविद्युत कार्यक्रमा सूचिकृत भएको छ । त्यसैले कूल इक्विटीमध्ये ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत साधारण सेयरधनी कायम गरिएको हो ।
आयोजना सम्पन्न गर्न १ खर्ब ६७ अर्ब ८५ करोड रुपैया ँऋणआवश्यक पर्ने देखिएको छ । आन्तरिक स्रोतबाट वित्तीयप्रवन्ध गर्ने र आयोजनामा सरकारबाट ऋणलगानीनहुने गरी वित्तीय व्यवस्थापन प्रस्ताव गरिएको छ । वित्तीयप्रवन्ध गर्न सहजहुने, लागतकम गर्ने, लगानीजोखिमन्यूनीकरण गर्न सहयोग हुने तथाविभिन्न स्रोत र क्षेत्रको आन्तरिक पूँजीको उच्चतमउपभोग हुने गरी मिश्रित लगानीप्रणालीअवलम्बन गरी आयोजनाको वित्तीय व्यवस्थापन प्रस्ताव गरिएको प्राधिकरणका कार्यकारी निर्देशकमनोज सिलवालले बताए।
आयोजनाको कूलऋणको ४५ प्रतिशत सहुलितपूर्ण सहवित्तीयकरण मार्फत लगानी प्रस्ताव गरिएको छ । जसमाकर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, एचआइडिसिएल, नेपाल टेलिकम, वीमातथापुनवीर्मा कम्पनीबाटकर्जा लिन सकिने प्रस्ताव छ । यसबाट७५ अर्ब ५३ करोड रुपैयाँ लगानीहुनेछ । अपर अरुणमा लगानीकालागि बैंक तथावित्तीय संस्थगाको अनिवार्य तरलता अनुपातमा गणना गर्ने गरी आयोजनामाआवश्यकऋणको ३० प्रतिशतको हुनआउने ५० अर्ब ३६ करोड रुपैयाँ बराबरको ऊर्जा बण्ड जारी गरी रकम संकलनको प्रस्ताव गरिएको छ । त्यस्तै बैक तथावित्तीय संस्थाको सहवित्तीयकरण मार्फत ४१ अर्ब ९६ करोड रुपैयाँ सङ्कलनको प्रस्ताव गरिएको छ ।
आयोजनाको निर्माण सम्पन्नभई व्यसायिकउत्पादन सुरु भएको पहिलो वर्षमा २७ अर्ब ९० करोड रुपैयाँआम्दानीहुने प्रक्षेपण गरिएको छ । ८ वर्षसम्म वार्षिक ३ प्रतिशतको मूल्यबृिद्ध प्राप्तभएपश्चातआयोजनाअवधिभर आयोजनाको आम्दानी ३४ अर्ब ५९ करोड रुपैयाँहुनेछ । आयोजनाको व्यवसायिकविद्युतउत्पादन सुरु भएको वर्षको औसत पिपिए दर प्रतियुनिट ६.३ पैसा हुने अनुमान गरिएको छ । ८ वर्षसम्म वार्षिक ३ प्रतिशतमूल्यबृद्धिपाएपछिआयोजनाअवधिभर पिपिए दर औसत रुपमाप्रतियुनिट७.८ रुपैयाँहुने प्रक्षेपण छ ।
आयोजनाबाट वार्षिक रुपमा ४ अर्ब ५३ करोड युनिट विद्युत उत्पादन हुनेछ । आयोजनाको हाल निर्माणपूर्वका काम भइरहेको छ । भौगोलिक रुपमाविकट र जटिल रहेको आयोजनाको विद्युतगृहबाट बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर पहुँच सडक निर्माण भइरहेको छ ।
प्रतिक्रिया