उमेर समूहबाट एमाले महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भए शिवाकोटी

२०८२ मंसिर १४ गते

उमेर समूहबाट एमाले महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भए शिवाकोटी

काठमाडौ । नेकपा एमालेको आगामी मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको प्रतिनिधिमा युवा विद्यार्थी विशेष जिल्ला कमिटिका अध्यक्ष सुदर्शन शिवाकोटी ४० वर्ष मुनिको उमेर समूहबाट सर्वसम्मत  चयन भएका छन् ।

 

Advertisement:

Ad
Ad

जेनजी आन्दोलनपछि एमालेले सबै निर्वाचन क्षेत्रबाट ४० वर्षमुनिका युवा प्रतिनिधिको सहभागिता सुनिश्चित गरेको छ । सोही अनुसार   ११औँ महाधिवेशनका लागि युवा विद्यार्थी विशेष जिल्ला कमिटिबाट शिवाकोटी चयन  भएका हुन् ।

 

अनेरास्ववियुको राजनीतिबाट बाहिरिए पछि शिवाकोटी यूवा विद्यार्थी विशेष जिल्ला कमिटिको अध्यक्ष बनेका थिए । कमिटीले खुलातर्फ ५ जना, महिला तर्फ २ जना र ४० वर्ष मुनिको एक जना गरी ८ जना प्रतिनीधि चयन गरेको छ ।