ग्रिनल्याण्डलाई लिएर अमेरिका–डेनमार्क तनाव चुलिँदै

२०८२ माघ ०६ गते

ग्रिनल्याण्डलाई लिएर अमेरिका–डेनमार्क तनाव चुलिँदै

डेनमार्कले आफ्नो स्वशासित क्षेत्र ग्रिनल्याण्डमा थप सैनिक पठाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डमाथि नियन्त्रण लिन सैन्य विकल्प पनि खुला रहने संकेत गरेपछि यो निर्णय गरिएको हो।

 

Advertisement:

Ad
Ad

डेनमार्कका सञ्चारमाध्यमहरूका अनुसार सोमबार साँझ करिब ५८ सैनिक ग्रिनल्याण्डको पश्चिमी क्षेत्र काङ्गेरलुस्सुआक पुगेका छन्। यसअघि नै त्यहाँ पठाइएका सैनिकसँग मिलेर उनीहरू बहुराष्ट्रिय सैन्य अभ्यासमा सहभागी हुनेछन्।

ट्रम्पले हालै दिएको अभिव्यक्तिले अमेरिका र युरोपबीचको सम्बन्ध थप चिसिएको छ। डेनमार्कले भने ग्रिनल्याण्ड बिक्रीका लागि नभएको स्पष्ट पार्दै आएको छ र बल प्रयोग भए नाटोको एकतामै गम्भीर असर पर्ने चेतावनी दिएको छ।

 

यसैबीच, नाटो नेतृत्व र डेनमार्क तथा ग्रिनल्याण्डका प्रतिनिधिबीच आर्कटिक सुरक्षाबारे छलफल भएको छ। सर्वेक्षणहरूका अनुसार ग्रिनल्याण्डका अधिकांश बासिन्दा अमेरिकाको हिस्सा बन्न इच्छुक छैनन्।