दीपक भट्टलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गरिने

२०८२ चैत १९ गते

दीपक भट्टलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गरिने

काठमाडौं । काठमाडौं जिल्ला अदालतले सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका व्यापारी दीपक भट्टलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । 


प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भट्टलाई बिहीबार दिउँसो काठमाडौंबाट पक्राउ गरेको हो । । पक्राउ लगत्तै उनलाई म्याद थपका लागि अदालत उपस्थित गराइएको थियो ।लजिल्ला न्यायाधीश माधवप्रसाद सुवेदीको इजलासले भट्टलाई  १० दिनको म्याद थप गरेको हो ।

Advertisement:

Ad
Ad

भट्टले सम्पत्ति शुद्धीकरण ९मनि लाउन्ड्रिङ० निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (१) का विभिन्न खण्डहरूद्वारा निषेधित कार्य गरेको अभियोगमा अनुसन्धान भइरहेको छ ।