२०८३ वैशाख २४ गते
काठमाडौं । दुई बीका कम्पनी नियमन सम्बन्धी कारबाहीमा परेका छन् । नेपाल बिमा प्राधिकरणले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी र लर्ड बुद्ध रि–इन्स्योरेन्स ब्रोकिङ कम्पनीलाई कारबाही गरेको हो ।
प्राधिकरणले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीलाई सम्पत्ति बिमा निर्देशन २०८० को दफा २५ (२)को व्यवस्था पालना नगरेको भन्दै कारबाही गरेको छ ।प्राधिकरणले बिमा ऐन २०७९ को दफा १३८ को उदफा (४) खण्ड (क) बमोजिम (पहिलो पटक) भएकाले दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।
यस्तै, प्राधिकरणले लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ कम्पनीलाई पुनर्बिमा दलालसम्बन्धी निर्देशिक, २०७८ को दफा १५ को उपदफा (१) र (२) व्यवस्था पालना नगरेको भन्दै कारबाही गरेको छ । पुनर्बिमा दलालसम्बन्धी निर्देशिक, २०७८ को दफा १५ मा स्वामित्व परिवर्तन सम्बन्धी व्यवस्था छ ।
प्रतिक्रिया