२०८२ फागुन १७ गते
काठमाडौं । केही दिन अघि समग्र राजस्व प्रशासन कस्तो हुने भनेर आगामी आर्थिक वर्ष (२०८३/०८४) को बजेटका लागि सुभाmव दिन गठन भएको राजस्व परामर्श समितिले सरोकारवालासँग सुझाव मागेको छ । समितिले चैत ३० सम्म सुझाव पठाउन आह्वान गरेको छ ।
आगामी आर्थिक वर्षको आर्थिक ऐन बनाउँनका लागि कस्तो राजस्व नीति अबलम्बन गर्नुपर्नेहो, कर, गैरकर, भन्सार महशुल, मूल्य अभिबृद्धि कर, आयकर लगायतका करहरुमा सुधार गर्नुपर्ने विषय समेटेर सुझाव पठाउन समितिले आग्रह गरेको हो ।
सुझाव उपलब्ध गराउन अर्थमन्त्रालयको वभसाइटमा रहेको क्यूआर स्क्यान गरी पठाउँन सकिने छ भने राजस्वसँग सम्बन्धित विभिन्न निकाय तथा विभागमा पनि पठाउन सकिनेछ ।
राजस्व सचिवको नेतृत्वमा गठन भएको राजस्व परामर्श समिति अन्तर्गत आन्तरिक राजस्व उपसमिति, भन्सार उपसमिति, उद्योग वाणिज्य, लगानी तथा निर्यात प्रवर्द्धन उपसमिति, राजस्व चुहावट नियन्त्रण तथा अनुसन्धान उपसमिति गठन गरिएको छ ।
प्रतिक्रिया