टाटा मोटर्सले 'नाडा अटो शो'मा बुकिङ हुने सम्पूर्ण ईभीमा आठ वर्ष निःशुल्क चार्जिङको सुविधा दिने

२०८१ भदौ १२ गते

टाटा मोटर्सले 'नाडा अटो शो'मा  बुकिङ हुने सम्पूर्ण ईभीमा आठ वर्ष निःशुल्क चार्जिङको सुविधा दिने

काठमाडौं । भारतीय सवारी निर्माता कम्पनी टाटा मोटर्सले नाडा अटो शो लक्षित आकर्षक अफर ल्याएको छ । कम्पनीले शो अवधिभर बुकिङ हुने आफ्ना सम्पूर्ण ईभीमा आठ वर्ष निःशुल्क चार्जिङको सुविधा दिने घोषणा गरेको हो ।

मङ्गलबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो छ दिनसम्म चल्नेछ । त्यस क्रममा खरिद तथा बुक गरिने कुनै पनि टाटा मोटर्सका ईभीमा यस्तो सुविधा पाउन सकिनेछ ।

Advertisement:

Ad
Ad

नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङका सीईओ राजनबाबु श्रेष्ठले वारेन्टी अवधिभर निःशुल्क चार्जिङको सुविधा दिने स्किमको घोषणा गरेका हुन् । कम्पनीले आफ्ना ईभीहरूमा आठ वर्षको मोटर तथा ब्याट्री वारेन्ट प्रदान गर्दै आइरहेको छ ।

हाल देशभर टाटाका २६ ओटा फास्ट डीसी चार्जर र १५० भन्दा बढी एसी फास्ट चार्जर रहेका छन् । नाडा अटो शोकै क्रममा कम्पनीले ईभी प्लेटफर्ममा बनेको टाटाको पहिलो विद्युतीय गाडी पञ्च ईभीको मूल्य समेत सार्वजनिक गरेको छ ।