तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले आज एक खर्ब तान्दै

२०८१ कात्तिक ०१ गते

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले आज एक खर्ब तान्दै

काठमाडौँ। नेपाल राष्ट्र बैंकले असोज १ गते बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्ने भएको छ । तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत १३ दिनका लागि उक्त रकम खिच्न लागेको हो।

सूचना अनुसार आज दिउँसो ३ बजे अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल गर्न सकिने छ। इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।

Advertisement:

Ad
Ad

गत साताको बुधबार पनि राष्ट्र बैंकले निक्षेप संकलन विधिबाट २१ दिनको लागि ३७ अर्ब ६० रूपैयाँ प्रणालीबाट उठाएको थियो।