जनताले सुशासनको लाभांश लिनेबेला आयोः अर्थमन्त्री वाग्ले

२०८३ वैशाख २९ गते

जनताले सुशासनको लाभांश लिनेबेला आयोः अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाली जनताले सुशासनको लाभांश लिने बेला आएको बताएका छन् । वर्तमान सरकारको मूख्य प्राथमिकता सुशासन भएकाले सरकारको पहिलो वर्ष सुशासन बसाल्नै केन्द्रित हुने  वाग्लेले बताए ।

उनले भने, 'बर्षौ देखि जगडिएको कुशासानको अन्त्य गर्दैछौ । जनताले सुशासनको लाभांश लिने बेला आएको छ । प्रधानमन्त्रीको फेकस पनि विकास भन्दा पहिलो वर्ष सुशासनको जग बसाल्न केन्द्रित छ ।' 

Advertisement:

Ad
Ad

आगामी बजेट अर्थतन्त्रको पुर्नसंरचना गर्ने गरी ल्याइने पनि उनले उल्लेख गरे । विशेषगरी कनेक्टिभिटिका लागि ठुलो मात्रामा सरकारले पूर्वाभारमा लगानी गर्न लागेको पनि उनले स्पष्ट पारे । उनले यसैको लागि आफु दैनिक १६ घण्टासम्म मन्त्रालयमै बसेयर काम गर्ने गरेको पनि अर्थसमितिमा सांसदहरुलाई सुनाए ।