सुनको मूल्यले चुम्यो नयाँ उचाई, कतिमा हुँदैछ कारोबार ?

२०८१ भदौ १३ गते

सुनको मूल्यले चुम्यो नयाँ उचाई, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ। बिहीबार सुनको मूल्यले पुनः नयाँ उचाई कायम गरेको छ। यस दिन सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर हालसम्मकै सर्वाधिक मुल्यमा कारोबार भईरहेको छ ।

Advertisement:

Ad
Ad

आज छापावाला सुन प्रतितोला एक लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।

हिजो बुधबार छापावाला सुन प्रतितोला एक लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । बुधबारको मूल्य रेकर्डलाई ब्रेक गर्दै सुनको मूल्यले बिहीबार पुनः नयाँ रेकर्ड बनाएको हो । यो निरन्तर दोस्रो दिन हो ।

बिहिबार चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला एक हजार ८३० रुपैयाँमा खरिदबिक्री भईरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८५५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।