सुनको मूल्य एकै दिन दुई हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार?

२०८१ पुस १९ गते

सुनको मूल्य एकै दिन दुई हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ। स्थानीय बजारमा सुनको मूल्य एकै दिन भारी मूल्यले वृद्धि भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाल सुन प्रतितोला एक लाख ५१ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Advertisement:

Ad
Ad

यस दिन चाँदीको मूल्यमा पनि तोलामा २० रुपैयाँले वृद्धि भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँमा कारोबार भएको थियो ।