२०८१ जेठ २२ गते
काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई आफ्नो शेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात रसुवा जिल्लाको उत्तरगढा गाउँपालिका वडा नम्बर १ साविक हाकु र डाडा गाउँका स्थानीय वासिन्दामा बाँडफाँटमा भएको शेयर अभौतिकीकरणका लागि आग्रह गरेको हो ।
जेठ २२ गतेदेखि शेयर अभौतिकीकरणका लागि निवेदन दर्ता गर्ने कार्य सुरु गरिएकाले सम्बन्धित शेयरधनीहरूका लागि सूचनामार्फत जानकारी गराएको छ । शेयर कारोबारका लागि शेयर अभौतिकीकरण गराउन आवश्यक भएकाले सम्बन्धित शेयरधनीहरूले आफूलाई पायक पर्ने कुनै पनि निक्षेप सदस्या वा ग्लोबल आइएमई बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क राखी हितग्राही खाता खोल्न कम्पनीले भनेको छ । यस कम्पनीले २०७८ साल साउन २६ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको थियो ।
सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको तीनवर्षपछि स्थानीयको शेयर कारोबारयोग्य हुने व्यवस्था छ । सो व्यवस्था बमोजिम यस कम्पनीको स्थानीयको शेयर आगामी साउन २६ गतेपछि कारोबारयोग्य हुनेछ । स्थानीयमा कम्पनीले ३ लाख ६८ हजार १४४ कित्ता शेयर बाँडफाँट गरेको थियो । स्थानीयमा भने कम्पनीले २०७४ साल असार ३० गते उक्त शेयर बाँडफाँट गरेको हो ।
प्रतिक्रिया