श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले आईपीओ निष्काशन गर्ने

२०८१ साउन २० गते

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले आईपीओ निष्काशन गर्ने

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्तावसहित विशेष साधारणसभा आह्वान गरेको छ । विशेष साधारणसभा आगामी भदौ ४ गते कम्पनीको कर्पोरेट कार्यालय नक्सालमा हुँदैछ ।

सभाले कम्पनीको पूँजीको संरचना परिवर्तन हुने भएकाले प्रबन्ध पत्र तथा नियमावली बमोजिम सर्वसाधरणमा जारी गरिने भनी छुट्टाइएको सेयरहरुलाई संशोधन गरी प्रिमियम वा अकिंत मूल्यमा प्रारम्भक वा सार्वजनिक निष्काशन गर्ने प्रस्ताव पारित गर्ने र सो को लागि सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

Advertisement:

Ad
Ad

यस्तै कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्ने सम्बन्धमा सभामा छलफल हुनेछ ।

कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी समेत समावेश गरी गर्ने प्रस्ताव संचालक समितिको प्रस्ताव बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन प्रस्ताव पारित गर्ने सम्बन्धमा प्रस्ताप रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खबर