२०८२ असार ०१ गते
काठमाडौँ। हप्ताको पहिलो कारोबार दिन शेयर बजारमा झिनो अङ्कको वृद्धि भएको छ। यस दिन नेप्से परिसूचक ०.६९ अङ्कले घटेर २६५६.०८ विन्दुमा पुगेको छ। नेप्से परिसूचक बढे पनि आइतबार कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन १२ अर्ब ५१ करोडको कारोबार भएकोमा यस दिन भने ११ अर्ब १६ करोड बराबरको कारोबार भएको छ।
यस दिन ९६ कम्पनीको शेयर मूल्य बढेको छ भने अन्य १५१ कम्पनीको शेयर मूल्य घटेको छ । आइतबार सर्वाधिक वृद्धि हुने कम्पनीमा ग्रिन डेभलपमेन्ट बैंक, प्योर इनर्जी लिमिटेड, छ्याङ्गदि हाइड्रोपावर र बरुण हाइदड्रोपावर रहेका छन् जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसै गरि आज सर्वाधिक घट्ने कम्पनीमा नेपाल हाइड्रो देभ्लपर्स लिमिटेड रहेको छ जसको शेयर मूल्य ४.४३ प्रतिशतले घटेको छ।
यस दिन कारोबार रकमको आधारमा सर्वाधिक कारोबार गर्नेमा सानिमा माई हाइड्रोपावर रह्यो जसको ८९ करोड एक लाख दुई सय तीन रुपैंया बराबरको शेयर किनबेच भएको छ। त्यसै गरी भोल्युमको आधारमा सर्वाधिक कारोबार गर्नेमा ङ्गादि ग्रुप पावर रह्यो जसको २० लाख ७५ हजार १ सय ९७ कित्ता कारोबार भएको छ।
प्रतिक्रिया