सिटिजन्स बैंकको क्रसवोर्डर व्यवसायिक भुक्तानी सेवा सुरुवात

२०८० फागुन १६ गते

सिटिजन्स बैंकको क्रसवोर्डर व्यवसायिक भुक्तानी सेवा सुरुवात

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोन पे नेटवर्क सँगको सहकार्यमा क्रसवोर्डर व्यवसायिक भुक्तानी सेवा सुरुवात गरेको छ । सेवा अन्तर्गत पहिलो चरणमा सिटिजन्स बैंक मार्फत क्यूआर भुक्तानी सेवा लिएका व्यवसायहरुमा कारोवार गर्दा भारती यएपमार्फत भुक्तनी गर्न सकिने बैंकले बताएको छ ।

हाललाई यस्तो सेवा भारतीय एपभिम र फोनपे एपमार्फत नेपाल स्थित सिटिजन्स बैंकका फोन पे क्यूआर मार्फत गर्न सकिने भएता पनि भविष्यमा बैंकको मोबाइल बैंकिङ्ग एप मार्फत भारतमा समेत कारेवार गर्न मिल्ने व्यवस्था गर्न लागिएको बैंकको भनाई छ । यसका साथै सिटिजन्स बैंककै मोबाइल बैकिंङ्गप्रयोग गरि भारतमा र भारतबाट सिटिजन्स बैंकका खातामा समेत रकमान्तर गर्न मिल्ने गरि कार्य भइरहेको बैंकले जनाएको छ ।

Advertisement:

Ad
Ad

सिटिजन्स बैंकको १९० वटा शाखा, १५२ एटिएम। र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईमा १७ लाख २६ हजार ग्राहक रहेका छन् ।