२०८२ चैत २३ गते
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारमा त्रास फैलाउने काम भइरहेको बताएका छन् ।आर्थिक पत्रकार समाज (सेजन) सँग कुरा गर्दै मन्त्री वाग्लेले लगानीकर्तामाथि सरकारले कुनै धरपकड अभियान नचलाएको स्पष्ट पारे ।
उनले भने, 'साना लगानीकर्तालाई आतंकित पार्ने काम भएको देखिएको छ, जुन उचित होइन। सरकारले साना लगानीकर्तामाथि कुनै कारबाही गर्ने उद्देश्य राखेको छैन'।
सेयर बजार नेपालका अन्य क्षेत्रभन्दा बढी व्यवस्थित र पारदर्शी समेत रहेको उनले उल्लेख गरे । उनले पेपरलेस प्रणाली, बैंकमार्फत कारोबार, लाभांश सिधै खातामा, कर प्रणाली स्पष्ट, कसले किन्यो/बेच्यो भन्ने ट्र्याक गर्न सकिने भएकाले यो प्रणाली विश्वसनीय भएको बताउँदै सेयर बजारलाई सरकारले डिजिटलाइजेसनको नमूना क्षेत्रको रूपमा लिएको र प्रधानमन्त्रीले पनि अन्य क्षेत्रमा पनि स्टक मार्केटको जस्तो डिजिटलाइजेसन गर्न खोजेको उल्लेख गरे ।
इन्साइडर ट्रेडिङ, म्यानिपुलेसन, अन्य अनैतिक काम गर्नेलाई भने कारबाही हुने मन्त्री वाग्लेले. स्पष्ट पारे । उनी भन्छन, स्टक मार्केटमा आएर “सम्पत्ति कहाँबाट ल्यायौ” भनेर सोध्ने अवस्था छैन। सरकारले धरपकड गर्ने नीति लिएको छैन।
लगानीकर्तालाई प्यानिक नहुन आग्रह गर्दै मन्त्री वाग्लेले आगामी दिनहरूमा सेयर बजार सुधारका लागि पनि काम गर्ने प्रतिवद्धता जनाएका छन् । यस्तै मन्त्री वाग्लेले अहिले बजार घटेको अवस्थामा अतालिनु आवश्यक छैन, “सुनौला दिन आउँदैछन्”। यो सरकारले २६५ साता काम गर्दैछ। एक साताको समयलाई अहो के गर्ने भन्ने अवस्था होइन।
प्रतिक्रिया