शेयर बजारमा रौनक, २६ दशमलव ५३अंकले बढ्यो बजार

२०८२ असार १५ गते

शेयर बजारमा रौनक, २६ दशमलव ५३अंकले बढ्यो बजार


काठमाडौँ ।  साताको पिहिलो दिन आइतबार शेयर बजार परिसूचक नेप्से बढेर बन्द भएको छ ।अघिल्लो साता लगातार तीन दिन बजार घटेको थियो । परिसूचक आज २६ दशमलव ५३अंकले बढेर बन्द भएको हो ।

 

Advertisement:

Ad
Ad

आज १८५ कम्पनीको शेयरमा वृद्धि भएको छ भने ६३ वटा कम्पनीको मूल्य घटेको छ । बजार बढेपनि कारोबार उतसाहजनक भने हुन सकेन ।  आज कुल ७ अर्ब १२ करोड बराबरको कारोबार भएको छ भने आज सबैभन्दा धेरै नाफा कमाउने कम्पनीहरुमा सप्तकोशी विकास बैंक, विन्धवासिनी हाइड्रोपावर,माछापुच्छ«े बैंक डिबेन्चर,ग्रिन भेन्चर्स लिमिटेड र त्रिशुली जलविद्युत कम्पनी रहेका छन् ।