सेयरधनीलाई लाभांशको स्पष्ट जानकारी गराउन कम्पनीहरुलाई नेप्सेले दियो निर्देशन

२०८२ माघ २३ गते

सेयरधनीलाई लाभांशको स्पष्ट जानकारी गराउन कम्पनीहरुलाई नेप्सेले दियो निर्देशन

काठमाडौं  । नेपाल स्टक एक्सचेन्जले सुचिकृत कम्पनीहरुलाई लाभांशको स्पष्ट जानकारी आफ्ना सेयरधनीलाई गराउँन निर्देशन दिएको छ ।

शुक्रबार एक सुचना जारी गर्दै नेप्सेले कम्पनीलाई आफ्ना सेयरधनीलाई दिइने लाभांशको जानकारी गराउँन भनेको हो  । कम्पनीहरुले इमेलमार्फत वा एसएमएसमार्फत स्पष्टसँग जानकारी दिन भनेको छ ।

Advertisement:

Ad
Ad

अब कम्पनीहरुले स्टकको सिम्बोल नं.,  कुन आर्थिक वर्षमा कति लाभांश दिन लागेको हो सो बारे स्पष्ट बनाउँनुपर्नेछ ।