सेयर धितो कर्जामा १५ करोडको सिमा खारेज गरिदिनु भन्दै सेयर लगानीकर्ता पुगे गभर्नर पौडललाई भेट्न

२०८२ असार ०८ गते

सेयर धितो कर्जामा १५ करोडको सिमा खारेज गरिदिनु भन्दै सेयर लगानीकर्ता पुगे गभर्नर पौडललाई भेट्न

काठमाडौ । सेयर लगानीकर्ताले सेयर धितो कर्जाको सिमा खारेज गर्न मागगरेका छन् । आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेललाई भेट्न पुगेको लगानीकर्ताको टोलीले सेयर धितो कर्जामा लाग्दै आएको १५ करोडको सिमा हटाइदिन माग गरेका छन् ।

यस्तै बैंक तथा वित्तिय संस्थाले पुँजीबजारमा लगानी गर्न पाउने सिमा बढाउँन, लघुवित्तको लाभांशको सिमा हटाउँन पनि गभर्नरलाई भनेका छन् । केन्द्रिय बैंक आगामी आर्थिक वर्षको मौद्रिन नीति निर्माणमा जुटेको छ । आगामी आर्थिक बर्षका लागि ल्याउँने मौद्रिक नीतिमा उनीहरुले सेयर बजारको राहतको माग गरेका छन् । 

Advertisement:

Ad
Ad