सेयर लगानीकर्तालाई नयाँ गभर्नरको बम्पर उपहार, सेयरधितो कर्जाको जोखिमभार घटाइयो

२०८२ जेठ ११ गते

सेयर लगानीकर्तालाई नयाँ गभर्नरको बम्पर उपहार, सेयरधितो कर्जाको जोखिमभार घटाइयो

काठमाडौ । सेयर धितो कर्जाको जोखिमभार घटाउँदै केन्द्रिय बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा गरेको छ । नयाँ गभर्नर डा. विश्वनाथ पौडेल आएपछि गरिएको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षाले सेयर धितो कर्जाको जोखिमभार १०० प्रतिशतमात्र कायम गरेको हो ।

यसअघि कायम अधिकतम १२५ प्रतिशतको सीमा थियो ।  कर्जा लिंदा जोखिमभार कम हुने भएपछि  बैंकहरु सेयर धितो कर्जा प्रवाहमा आकर्षित हुनेछन् । यसले गर्दा सेयर बजारमा पुँजी परिचालन सहज हुनेछ ।  

Advertisement:

Ad
Ad

लगानीकर्ताले लामो समयदेखि जोखिमभार घटाएर १०० प्रतिशतमात्र कायम गर्न माग गरेका थिए । यसबाट विशेषगरी सेयर धितो राखेर ठूला कर्जा लिन सहज हुनेछ । यसले गभर्नर पौडेल सेयर बजारप्रति उदार रहेको संकेत गरेको छन् ।