सेयर बजारमा फर्कियो उमंग, २० दिनयताकै सबैभन्दा बढी कारोबार

२०८२ वैशाख २४ गते

सेयर बजारमा फर्कियो उमंग, २० दिनयताकै सबैभन्दा बढी कारोबार

काठमाडौ । बुधबार सेयर बजारमा उमंग देखिएको छ । लगानीकर्ताको आत्मविस्वास बढेपछि कारोबार रकम पनि २० दिना यताकै सबैभन्दा बढी भएको हो । आज बजार ६१.२६ अंकले बढेर २६७२.२६ विन्दुमा  अडिएको छ ।

आज साढे १० अर्ब बढीको सेयर खरिदबिक्रि भएको हो । यसअघि बैशाख ४ गते १० अर्ब ५१ करोड रुपैयाँको सेयर खरिद बिक्रि भएको थियो । त्यसपछि आज सोही रकम बराबरको सेयर खरिदबिक्रि भएको हो । नेपाल माइक्रो इन्सुरेन्स कम्पनी, क्रेस्ट माइक्रोलाइफ इन्सुरेन्स, बुटवल पावर कम्पनी र ओम मेगाश्री फार्मास्यूटिक्लसको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

Advertisement:

Ad
Ad

कारोबार रकमका आधारमा सबैभन्दा बढी सेयर कारोबार भने सानिमा माई हाइड्रोपावरको भएको छ । यसको मात्र ५९ करोड २० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । दोस्रोमा ङ्यादी ग्रुप पावरको बढी सेयर कारोबार भएको हो । 
 

प्रतिक्रिया