२०८२ साउन १४ गते
काठमाडौ । बुधबार (साउन १४) सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसुचक ४७.९३ विन्दुले घटेर २९५४.१४ विन्दुमा अडिएको छ । सान्भि इनर्जी । ट्रेड टावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज १६ अर्ब ४४ करोड रुपैयाँ १३ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । आजको कारोबारमा ३२७ कमपनी सामेल भएका थिए । हिमालयन रिइन्सुरेन्सको सबैभन्दा बढी १ अर्ब ३२ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । यसदिन अन्य समुह बाहेक सबै समुहमा गिरावट आएको छ ।
यो सँगै बजार पुँजीकरण ४९ खर्ब २९ खर्ब पुगेको छ । मंगलबार (साउन १३) गते हालसम्मै बढी बजार पुँजीकरण भएको थियो । मंगलबार कारोबार पनि १८ अर्ब २४ करोड रुपैयाँ भन्दा बढीको भएको थियो ।
प्रतिक्रिया