सेयर बजार बढेपनि कारोबारमा करेक्सन, कुन कम्पनीका सेयरधनी बने मालामाल ?

२०८२ जेठ ०८ गते

सेयर बजार बढेपनि कारोबारमा करेक्सन, कुन कम्पनीका सेयरधनी बने मालामाल ?

काठमाडौ । साताको अन्तिम कारोबार दिन सेयर बजार बढेको छ । मंगलबार नेपाल राष्ट्र बैंकले नयाँ गभर्नर पाएपछि खुलेको पहिलो कारोबार (बुधबार) को शुरुवाती चरणमा बजार ह्वात्तै बढेपनि अन्ततिर सम्हालिएर बन्द भएको थियो ।

बिहिबार भने बजार बढेको छ । नेप्से परिसुचक १९.४० अंकले बढेर २६८८.९१ विन्दुमा अडिएको छ । यद्यपि, कारोबार रकम भने बुधबारको भन्दा कम छ । बुधबार साढे १० अर्ब बढीको सेयर कारोबार भएकोमा बिहिबार भने ९ अर्ब ८२ करोड रुपैयाँ भन्दा बढीको सेयर खरिद बिक्रि भएको  छ ।

Advertisement:

Ad
Ad

आजको कारोबारमा ओम मेगाश्री फार्मास्यूटिकल्सका लगानीकर्ता मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो सँगै कम्पनीको सेयर मूल्य १०२४.३० रुपैयाँ पुगेको छ । एनआइसी एशिया बैंकको सेयर मूल्य ८.११ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा बढी न्यादी ग्रुप पावर कम्पनीको सेयर खरिदबिक्रि भएको छ । कम्पनीको ६९ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको हो । आज  ३ सय १४ कम्पनीको २ करोड २३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको हो ।