सुदुरपश्चिम रोयल्सको लगातार पाँचौ जित

२०८२ मंसिर १३ गते

सुदुरपश्चिम रोयल्सको लगातार पाँचौ जित

काठमाडौ । सुदुपश्चिम रोयल्स लगातार पाँचौ खेलमा पनि विजयी भएको छ । नेपाल प्रिमियर लिग (एनपिएल) को शनिवारको खेलमा पनि सुदुरपश्चिमले जनकपुर बोल्ट्सलाई ६ विकेटले हराएको हो ।

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को आजको दोस्रो खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको थियो ।

Advertisement:

Ad
Ad

टस जितेर ब्याटि गरेको २० ओभरमा ८ विकेट गुमाउँदै १४५ रनको लक्ष्य लिएको थियो । सुदुरपश्चिमले १७.४ ओभरमा ४ विकेट गुमाएर निर्धारित समयमा लक्ष्य भेट्टायो । 

सुदूरपश्चिम रोयल्स हालसम्म अपराजित रहेको छ । सुदूरपश्चिमले ५ खेलमा ५ जितसहित अंक तालिकाको शिर्ष स्थानमा रहेको छ ।सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा काठमान्डु गोर्खाजलाई २९ रनले हराएको थियो । दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई १८ रन, तेस्रो खेलमा कर्णाली याक्सविरुद्ध ४५ रन र चौथो खेलमा लुम्बिनी लायन्सलाई ७ विकेटले हराएको थियो भने आजको पाँचौ खेलमा जनकपुर बोल्ट्सलाई ६ विकेटले हराएको हो । 


जनकपुर बोल्ट्सको यो चौथो खेल हो । जनकपुरले यसअघि कुनैपनि खेल जितेको छैन । पहिलो खेलमा काठमान्डु गोर्खाजसँग ५ विकेटले हारेको जनकपुरले दोस्रो खेलमा विराटनगरसँग ९ र तेस्रो खेलमा पोखरा एभेन्जर्ससँग २५ रनले हार बेहोरेको थियो ।