साताको पहिलो कारोबार दिन शेयर बजार २५.६३ अंकले घट्यो

२०८० माघ ०७ गते

साताको पहिलो कारोबार दिन शेयर बजार २५.६३ अंकले घट्यो

काठमाडौँ   साताको पहिलो कारोबार दिन नेप्से दोहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक २५.६३ अंकले घटेर २१३०.९८ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै निकै उतारचढाव व्यहोरेको नेप्से अन्ततः १.१८ प्रतिशतले घट्न पुगेको हो ।

बजारमा आज ७.६७ अर्व रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । जसमा ६४ कम्पनी बढेका छन् भने १७७ कम्पनी घटेका छन् । यसैगरी ६ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् ।

Advertisement:

Ad
Ad

आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा हिमालयन रीइन्स्युरेंस कम्पनी रह्यो भने सर्वाधिक शेयर कारोवार गर्ने कम्पनीमा हिमाल दोलखा हाइड्रोपावर रह्यो । बजारमा आइतबार हाइड्रोपावर सेक्टरप्रति लगानी कर्ताको आकर्षण देखिएको छ । हाइड्रोपावर सेक्टर शून्य दशमलव २० र अन्य समूह एक दशमलव ३८ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै विकास बैङ्क समूह दुई दशमलव ६१ र वित्त समूह दुई दशमलव ५५ प्रतिशतले घटेको छ ।