साताको अन्तिम कारोबार दिन ३.९४ अंकले घट्यो नेप्से

२०८० माघ ११ गते

साताको अन्तिम कारोबार दिन ३.९४ अंकले घट्यो नेप्से

काठमाडौँ  साताको अन्तिम कारोबार दिन पनि नेप्से घटेको छ । यससँगै बजार लगातार ७ दिन घटेको हो । बिहिबार नेप्से परिसूचक ३.९४ अंकले घटेर २०८४.०९ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै ठुलो उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.१८ प्रतिशतले घट्न पुगेको हो ।

आज शेयर बजार संगै कारोबार रकम पनि घटेको छ ।  यस दिन नेप्सेमा ३.७६ अर्व बढीको शेयर किनबेच भएको छ । जसमा ९१ कम्पनी बढेका छन् भने १४१ कम्पनी घटेका छन् । यसैगरी १५ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । शेयर बजार घटे पनि सामलिंग पावर  कम्पनीको शेयरमा भने सकारात्मक सर्किट लागेको छ ।

Advertisement:

Ad
Ad

आज पनि सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा हिमालयन रिइन्सुरेन्स रह्यो भने सर्वाधिक शेयर कारोबार हुने कम्पनीमा नगडि ग्रुप पावर लिमिटेड रह्यो ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन बाणिज्य बैंक उपसमूहको परिसूचक सर्वाधिक ०.१९ प्रतिशत बढेको छ।