२०८१ भदौ १२ गते
काठमाडौं । प्रतिनिधसभाको अहिले चलिरहेको बैठकमा एमाले सांसद योगेश भट्टराईले प्रयोग गरेको हिंसा शब्दलाई लिएर माओवादी केन्द्रका सांसदहरुले आपत्ति जनाएका छन् ।
सांसद् भट्टराईले उक्त शब्द उच्चरण गरेपछि माओवादीका सांसदहरुले उठेर विरोध जनाएका हुन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी युद्ध नभएको भन्दै सांसद भट्टराईले ०६५ सालमै देश लोडसेडिङ मुक्त हुने बताए । सांसद भट्टराईको यो अभिव्यक्तिप्रति माओवादीका सांसद माधव सापकोटाले नियमापत्ति जनाए । उनले सांसद भट्टराईले गैरसंसदीय र अमर्यादित शब्द प्रयोग गरेको दाबी गरे ।
तर, सभामुख देवराज घिमिरेले सांसद सापकोटालाई रोकेर भट्टराईलाई नै बोल्न निरन्तरता दिएपछि माओवादीका सांसदहरुले विरोध जनाएका छन् । माओवादीका सांसदहरुले बोल्न नदिएपछि सांसद भट्टराईले आफूलाई बोल्न नदिनु पनि हिंसा नै भएको तर्क गरे ।
माओवादी सांसद्ले विरोध जनाएपछि सांसदहरुबीच आरोप-प्रत्यारोप भएको थियो ।
प्रतिक्रिया