सानिमा क्यापिटल अन्तर्गतका तीन योजनाको लाभांश सार्वजनिक, सानिमा इक्वीटी फण्डले १५ प्रतिशत दिने

२०८१ भदौ १६ गते

सानिमा क्यापिटल अन्तर्गतका तीन योजनाको लाभांश सार्वजनिक, सानिमा इक्वीटी फण्डले १५ प्रतिशत दिने

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित तीन योजनाले गत आर्थिक वर्ष ०८०/८१ को लाभांश (प्रतिफल) प्रस्ताव गरेको छ । क्यापिटलको व्यवस्थापनमा सञ्चालित तीन बन्दमुखी योजना सानिमा इक्वीटी फण्डले १५ प्रतिशत, सानिमा लार्ज क्याप फण्डले १० प्रतिशत र सानिमा ग्रोथ फण्डले १० प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन ।

योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडको भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले यी तीन योजनाको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश योजनाहरूले गर्ने बुक क्लोजको मितिका आधारमा इकाईधनीहरूले प्राप्त गर्नेछन् । यी लाभांश प्रयोजनका लागि निकट भविश्यमा तीन ओटै योजनाले बुक क्लोजको मिति तय गर्ने जानकारी दिएका छन् ।

Advertisement:

Ad
Ad