सञ्चारमन्त्री खरेलको गुनासो, 'पत्रकारबाट मन्त्री भएपछि मेरो आकाश साँघुरिएको महशुस गरेको छु'

२०८२ कात्तिक २३ गते

सञ्चारमन्त्री खरेलको गुनासो, 'पत्रकारबाट मन्त्री भएपछि मेरो आकाश साँघुरिएको महशुस गरेको छु'

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकारबाट मन्त्री बनेपछि आफ्नो संसार साँघुरिएको महशुस भएको बताएका छन् ।


आइतबार संवाद र सञ्चारमा स्वजागरण सम्बन्धी कार्यक्रममा बोल्दै उनले अहिले सरकारवादी भएपछि आफ्नो कित्ताकाट भएको महशुस गरेको बताएका हुन् ।मन्त्री खरेलले भने, ‘म पत्रकार हुँदासम्म मेरो आकाश यति फराकिलो थियो, मेरा मान्छेहरू धेरै थिए । सबैले प्रशंसा गर्थे, राम्रो प्रश्न गरेको भनेर सोध्थे । तर मन्त्री भएपछि मेरो आकाश साँघुरिएको छ । अहिले त सरकारवादी भएछु । पहिला सबैको थिए, अहिले सरकार भएछु । मेरो कित्ताकाट भएको महशुस गरेको छु ।’

Advertisement:

Ad
Ad


उनले मन्त्री बनेपछि आलोचनासमेत भोग्न थालेको बताए । कार्यक्रममा मन्त्री खरेलले व्यक्तिको आत्मपहिचान र भूमिकाप्रतिको स्पष्टता आवश्यक रहेको पनि बताए । उनले भने, ‘जब मैंले राजनीतिमा पाइला राखें, त्यतिबेला नै म तयार थिएँ, अब म सरकारमा जाँदैछु । मैंले सोचे जस्तो संसार मात्रै होइन, त्यो संसारभित्र म प्रवेश गर्दै छु भन्ने बुझिसकेको थिएँ । हामीमा ठूलो समस्या के छ भने हामी को हौं र के हुँ भन्ने कुरा रिलाइज गरेका छैनौं । त्यसैले हामी बढी दुःखी हुन्छौं । पहिला म को हुँ र मेरो भूमिका के हो भन्ने कुरा बुझ्न जरुरी छ ।’