सन्दीप लामिछानेको भिसा 'रिजेक्ट'बारे अमेरिकी दूताबासको यस्तो छ भनाई-

२०८१ जेठ १० गते

सन्दीप लामिछानेको भिसा 'रिजेक्ट'बारे अमेरिकी दूताबासको यस्तो छ भनाई-

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको भिसा अमेरिकाले अस्वीकृत गरेसँगै सामाजिक सञ्जालमा विभिन्न टीकाटीप्पणी भैरहेको छ ।

यहीबीचमा नेपालस्थित अमेरिकी दूतावासले अमेरिकी कानुनअनुसार भिसासम्बन्धी अभिलेखहरू गोप्य हुने भएकाले क्रिकेटर लामिछानेको केसबारे टिप्पणी गर्न नसकिने अवस्था रहेको स्पष्ट पारेको छ ।

Advertisement:

Ad
Ad

अमेरिकामा आयोजित टी–२० विश्वकपमा नेपाली टोलीको सहभागिताबारे आफूहरू अत्यन्तै उत्साहित रहेको दूतावासद्वारा बुधवार जारी प्रतिक्रियामा उल्लेख छ ।

सोहीअनुसार प्रस्थानपूर्व उक्त टोलीको सराहना र प्रोत्साहन गर्न दूतावासका केही अधिकारीले केही हप्ताअघि सो टोलीसँग भेट पनि गरेको दूतावासको भनाइ छ ।

उपयुक्त भिसा वर्गका लागि योग्य हुने राष्ट्रिय क्रिकेट टोलीहरूका सदस्य विश्वकपमा प्रतिस्पर्धा गर्न समयमै अमेरिकाको यात्रा गर्न सक्षम होउन् भन्ने सुनिश्चित गर्न काठमाडौँस्थित अमेरिकी दूतावास र विश्वभरका अन्य अमेरिकी कन्सुलर पोस्टहरूले एकजुट भई काम गरेको पनि दूतावासले जनाएको छ ।