२०८३ जेठ २८ गते
काठमाडौं । केही दिन यता सुनको मूल्यमा लगातार गिरावट आएको । बिहीबार सुनको मूल्य एकैदिन ५ हजार १ सय रुपैयाँले घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार ५ हजार १ सय रुपैयाँले घटेको हो ।
यस्तै चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया