२०८२ माघ १५ गते
काठमाडौँ । सुनको मूल्य एकै दिन २० हजार ५ सय रुपैयाँ प्रतितोलाका दरले बढेको छ । यो सँगै सुन अहिलेसम्मकै सबैभन्दा महंगो भएको छ ।
नेपाली बजारमा बिहिबार सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख ३९ हजार ३०० रुपैयाँ तोकिएको छ ।आज चाँदीको मूल्य ७ हजार ३०० रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया