सानिगाड हाइड्रोको आइपिओ बिक्रि खुला

२०८३ जेठ १८ गते

सानिगाड हाइड्रोको आइपिओ बिक्रि खुला

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले आज (सोमबार)देखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ बिक्री खुल्ला गरेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि ४६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ ४६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गरेको हो ।

 

Advertisement:

Ad
Ad

यो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा जेठ २१ गते हुनेछ भने ढिलोमा असार १ गते हुने कम्पनीले जनाएको छ ।

कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणमा कम्पनीले २८ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ५ लाख ७० हजार कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

कम्पनीले १ लाख ७१ हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र २ लाख ८५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिसकेको छ । अब बाँकी रहेको सेयर सर्वसाधारणका लागि खुला भएको हो ।