संसदमा बोलिदिन सभामुखले हारगुहार गर्दा पनि बोल्न मानेनन् प्रधानमन्त्री बालेनले

२०८३ जेठ ०७ गते

संसदमा बोलिदिन सभामुखले हारगुहार गर्दा पनि बोल्न मानेनन् प्रधानमन्त्री बालेनले

काठमाडौं । प्रतिनीधि सभामा संसदहरुको प्रश्नको जवाफ दिन सभामुख डिपी अर्यालले प्रधानमन्त्री बालेन शाहलाई हार गुहार गर्दा पनि बालेनले बोल्न इन्कार गरिदिएका छन् । प्रतिनिधिसभा नियमावली बमोजिम प्रश्नोत्तरका लागि प्रतिनिधिसभा बैठकमा उपस्थित हुन सभामुखले आग्रह गरेका थिए । 


प्रतिनिधिसभा नियमावलीमा प्रत्येक महिनाको पहिलो साता कुनै एक दिन एक घन्टा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम रहने व्यवस्था छ। नियमावलीको व्यवस्था कार्यान्वयन गर्न विपक्षी दलहरूले बैठक अवरूद्ध गर्दै आएका थिए । आज पनि बैठक अवरुद्ध भएको थियो ।

Advertisement:

Ad
Ad

 बैठक १५ मिनेट स्थगित गरेर प्रश्नोत्तरको समय निर्धारण गर्ने विषयमा छलफल गर्न सभामुख अर्याल प्रधानमन्त्री कार्यालय पुगेका थिए। तर बालेनले सोझै अस्विकार गरे ।