साउनमा बढ्यो एनआईसी एशिया सेलेक्ट–३० को प्रति इकाई खुद सम्पत्ति मूल्य

२०८१ भदौ १३ गते

साउनमा बढ्यो एनआईसी एशिया सेलेक्ट–३० को प्रति इकाई खुद सम्पत्ति मूल्य

काठमाडौं । यस वर्ष १४ प्रतिशत प्रतिफल प्रस्ताव गरेको एनआईसी एशिया सेलेक्ट–३० को प्रति इकाई खुद सम्पत्ति मूल्य असारको तुलनामा साउनमा बढेको छ । असार मसान्तसम्म ११ रुपैयाा ४६ पैसा रहेको प्रति इकाई खुद सम्पत्ति मूल्य साउन मसान्तसम्म १३ रुपैयाँ ६८ पैसा कायम भएको हो ।

७ वर्षे अवधिको यस योजनाले पहिलो पटक इकाइृधनीहरूलाई कर समेत १४ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । १२ करोड ५० लाख इकाई जारी गरेको यस योजनाले साउन मसान्तसम्म २८ करोड ३३ लाख रुपैयाँभन्दा बढी नाफा गरेको छ । असार मसान्तसम्म भने योजनाको नाफा ५ करोड ९९ लाख रुपैयाँभन्दा बढी थियो । योजनाको जम्मा आम्दानी २८ करोड ६२ लाख रुपैयाँभन्दा बढी रहेको छ भने जम्मा खर्च २९ लाख ७३ हजार रुपैयाँ छ । साउन मसान्तसम्म धितोपत्रमा गरेको लगानीको परलमूल्य ९५ करोड ३५ लाख ८३ हजार रुपैयाँ छ ।

Advertisement:

Ad
Ad

मुद्दती निक्षेपमा यस अवधिसम्म १९ करोड २५ लाख रुपैयाँभन्दा बढी लगानी गरेको योजनाको धितोपत्रमा भएको लगानीको बजारमूल्य पनि १ अर्ब २३ करोड ८२ लाख रुपैयाँभन्दा बढी छ ।