२०८१ कात्तिक ०८ गते
काठमाडौँ । सहकारी ठगी प्रकरणमा पोखरामा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि रुपन्देहीमा पनि अनुसन्धान हुने भएको छ ।रुपन्देही जिल्ला अदालतले बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेसहित १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न अनुमति दिएको छ ।
न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले बिहीबार उनीहरूलाई पक्राउ गर्ने अनुमति दिएको हो ।सुप्रिमबाट गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं रास्वपा सभापति लामिछानेका नाममा दुई करोड रकम गएको अनुसन्धानमा देखिएको थियो ।यतिखेर रवि लामिछाने पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा अनुसन्धानको क्रममा कास्की प्रहरीको हिरासतमा रहेका छन् ।
प्रतिक्रिया