राष्ट्रपतिले गरे बालेनको आग्रह स्विकार, गणतन्त्र दिवसमा सम्बोधन गर्ने

२०८३ जेठ ११ गते

राष्ट्रपतिले गरे बालेनको आग्रह स्विकार, गणतन्त्र दिवसमा सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको आग्रहलाई स्विकार गर्ने भएका छन् ।  जेठ १५ गते गणतन्त्र दिवसको दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा भएपनि यसपट प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने निर्णय गरिसकेका छन् ।

 

Advertisement:

Ad
Ad

उनले राष्ट्रपतिलाई सम्बोधन गर्न भनिसकेका छन् । आइतबार बिदाको दिन प्रधानमन्त्री कार्यालयबाट राष्ट्रपति कार्यालयमा पत्र गएको र सोमबार दर्ता भएको छ ।  यो सँगै राष्ट्रपतिको कार्यालयले नेपाल सरकारको निर्णयलाई स्वीकार गर्ने भएको हो ।