रन्जु दर्शनाले छोराको न्वारन सकेर समर्थकलाई भेट्ने

२०८२ फागुन २२ गते

रन्जु दर्शनाले छोराको न्वारन सकेर समर्थकलाई भेट्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं क्षेत्र नम्बर १ की उम्मेदवार रन्जु दर्शनाले मतदातालाई धन्यवाद व्यक्त गरेकी छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत उनले परिवर्तनको पक्षमा मतदान गर्ने सबै मतदाताप्रति आभार प्रकट गरेकी हुन् । उनी काठमाडौं १ बाट विजयी भएको घोषणा भइसकेको छ ।

उनले लेखेकी छन्, ‘यो विजय देशको हो, परिवर्तन पक्षको हो । काठमाडौं क्षेत्र नं. १ मा हामीलाई घण्टी चुनाव चिन्हमा मत दिनुहुने सम्पूर्ण मतदाताप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । हामीलाई शुभकामना दिनुहुने सम्पूर्ण शुभेच्छुक, साथी तथा मतदाताप्रति हार्दिक नमन ।’

Advertisement:

Ad
Ad

साथै, उनले हाल परिवारसँग छोराको न्वारन कार्यक्रममा रहेको उल्लेख गर्दै उक्त कार्यक्रम सकिएलगत्तै समर्थक तथा शुभेच्छुकसँग भेट्ने जानकारी दिएकी छन् ।

उनका अनुसार करिब बिहान ११ः३० बजे बानेश्वरस्थित सहकारी विभागमा देशप्रेमी तथा समर्थकहरूसँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ । हाल हामी परिवार बाबुको न्वारन कार्यक्रममा छौं । यो सम्पन्न हुनेबित्तिकै बानेश्वर स्थित सहकारी विभागमा हजुरहरूसँगै उपस्थित हुनेछु । करिब ११ः३० बजे । हामी सबै देशप्रेमीहरू त्यहीँ भेटौँ है,’ उनले लेखेकी छन् ।