२०८२ फागुन २६ गते
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स र साल्पा डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार शुरु भएको छोटो समयमै रिलायन्स स्पिनिङ्ग मिल्सको सेयर मूल्य ६७.५० रुपैयाँले बढेर ७४२.८० रुपैयाँ पुगेको छ ।
यस्तै साल्पा विकास बैंकको सेयर मूल्यमा पनि सर्किट लागेको छ । यसको सेयर मूल्य ७१ रुपैयाँ २० पैसाले बढेर ७८४ रुपैयाँ पुगेको छ ।यी दुवैको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी एकल दुईतिहाइ नजिक पुगेपछि सेयर लगानीकर्तामा आत्मविश्वास देखिएको छ । कारोबारमा पनि उछाल आएको छ ।
यो समाचार तयार पार्दा (११ः३९) सम्म ८ अर्ब ६० करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भइसकेको छ । यद्यपि समग्रमा बजार भने १.०९ प्रतिशतले घटिसकेको छ ।
प्रतिक्रिया