रकमान्तर गरेर तलब खुवाउँदै सरकार, कर्णाली प्रदेश प्रमुखलाई फागुनको तलब पौने ६ लाख

२०८२ वैशाख ०२ गते

रकमान्तर गरेर तलब खुवाउँदै सरकार, कर्णाली प्रदेश प्रमुखलाई फागुनको तलब पौने ६ लाख

काठमाडौ । कर्णाली प्रदेश प्रमुखको पारिश्रमी तथा विभिन्न भत्ता  सरकारले पौने ६ लाख रुपैयाँ थप रकम रकमान्तर गरेको छ । अर्थमन्त्रालयले कर्णाली प्रदेश प्रमुखको पारिश्रमीक, पानी,बिजुली लगायत कार्यालय सञ्चालनका लागि थप रकम निकासा गरेको हो ।

Advertisement:

Ad
Ad

 

अर्थले फागुन महिनामा ५ लाख ८५ हजार रुपैयाँ थप रकम निकासा गरेको जनाएको छ । यस्तै कर्णाली प्रदेशमै भोल्टेज स्ट्याबलाइजर खरिद गर्दा दायित्व सृजना भएको रकम भुक्तानीका लागि पनि अर्थले ३ लाख १५ हजार रुपैयाँ रकमान्तर गरेको छ । यस्तै मधेस प्रदेशका लागि २ लाख ६ हजार रुपैयाँ रकमान्तर भएको छ ।